श्रीकृष्ण प्रणामी जिल्ला समितिमा कृष्ण

केन्द्रभाग मिडिया

पोखरा ।
श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, जिल्ला कार्य समिति कास्कीको चौथो वार्षिक साधारण सभा एवं दोश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी कार्यकालको लागि कृष्ण प्रसाद ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । जसअन्तर्गत नयाँ कार्यसमितिको निवर्तमान अध्यक्षमा लिलाम्बर सापकोटा, उपाध्यक्षमा महेश्वर पाण्डे, उपाध्यक्षमा टिका खनाल, सचिवमा इन्द्र बहादुर कार्की, कोषाध्यक्षमा राजन घिमिरे र सह सचिवमा जानुका पौडेल चयन भएका छन ।

त्यसैगरी सदस्यहरुमा अम्बिका सापकोटा, लक्ष्मी ओझा, सरिचा सुवेदी र बालकृष्ण आचार्य चयन भएका छन । श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन कुमार ढकाल निर्वाचन संयोजक र मन्दिरका सचिव लक्ष्मण बराल र बाइजुराज महिला समितिका अध्यक्ष विष्णु पराजुली सदस्य रहेको निर्वाचन मण्डलले उक्त पदाधिकारीहरु चयन गरेको थियो ।

यस अघि चौथो साधारण सभा तथा दोश्रो अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि कल्याण कुमार कार्कीले श्रीकृष्ण प्रणामी सेवा समितिले युवाहरुलाई धर्म प्रति आस्था राख्नका लागि उल्लेख्य काम गरेको वताए । प्रणामी मन्दिरमा आयोजना हुने विभिन्न कार्यक्रमले समेत धार्मिक क्षेत्रमा मानिसहरु प्रति आस्था जगाउन अभिप्रेरित गरेको उनको भनाइ रहेको थियो ।

  • ३१ भाद्र २०८१, सोमबार ०६:४७ प्रकाशित