पोखरेली यातायात सहकारी संस्थाको तेस्रो साधारणसभा सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराका ट्याक्सी व्यवसायीहरुको सहकारी संस्था पोखरेली यातायात सहकारी संस्था लिमिटेडको तेस्रो साधारणसभा सम्पन्न भएको छ । आइतबार विहान पोखरा महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रुद्धनाथ बरालले उद्घाटन गरेको साधारणसभा सचिव र कोषाध्यक्षको प्रतिवेदनसहित विभिन्न प्रस्ताव पास गर्दै सम्पन्न भएको हो ।

साधारणभाको उद्घाटन गर्दै वडाध्यक्ष बरालले सहकारीका सेयर सदस्य जति चनाखो हुन्छन् त्यति नै सहकारी संस्था राम्रो हुने बताए । उनले ट्याक्सी व्यवसायीहरु समेटेर खोलिएको सहकारीले उत्कृष्ठ कार्य गरेको भन्दै प्रसंशा गरे । आफू सदस्य रहेको सहकारीको बारेमा सबै जानकारी लिनुपर्ने र सञ्चालकलाई घच्घच्याउनु पर्नेमा उनले जोड दिए ।

पोखरा महानगरपालिका सहकारी संस्थाका अध्यक्ष लीलाधर पराजुलीले पोखरेली यातायात सहकारी संस्थाले छोटो समयमा उत्कृष्ठ काम गरेको र सदस्यहरुलाई सन्तुष्टि दिएको पाइएको बताए ।

उद्घाटन सत्रमा सहकारीको उत्कृष्ठ कर्मचारी, सहकारीको उत्कृष्ठ बचतकर्ता, उत्कृष्ठ ऋणि र सहकारीका सदस्यका उत्कृष्ठ जिपिए ल्याउने बाबुनानीलाई सम्मान गरिएको थियो । उत्कृष्ठ बचत कर्ता तर्फ केशव परियार, डिल्लीराम सुवेदी, दीपेन्द्र बहादुर थापा क्षेत्री, विमला भण्डारी सम्मानित भए ।

उत्कृष्ठ ऋणि तर्फ निलकण्ठ शमा र टेकबहादुर राइ सम्मानित भए । उत्कृष्ठ कर्मचारी तर्फ सिनियर बजार प्रतिनिधि शान्ता थापा सम्मानित भइन् ।

सहकारीका कार्यबहाक अध्यक्ष सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न साधारणसभामा सचिव पौडेलले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष मधुसुधन पौडेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए । सचिव शोभाकान्त पौडेलका अनुसार सहकारीका एक हजार ९९ जना सेयर सदस्य छन् । संस्थाको सेयर पुँजी दुई करोड, ९० लाख ५४ हजार रुपैयाँ रहेको छ ।

  • ३० भाद्र २०८१, आईतवार २१:३५ प्रकाशित