एमसीसी सम्झौता खारेजीको माग गर्दै चितवन बन्द, १२ बन्दकर्ता परे पक्राउ

केन्द्रभाग मिडिया

चितवन।

आज चितवन बन्द रहेको छ । एमसीसी सम्झौता खारेजीको माग गर्दै विभिन्न १३ वटा दल तथा समूहले मंगलबार चितवन बन्दको आह्वान गरेको हो।

बन्दको त्रासले बजार क्षेत्रमा पसल र विद्यालयहरू खुलेका छैनन् । लामो दुरीका मालबहाक र यात्रुबहाक सवारी साधनहरू पनि तुलनात्मक रुपमा कम चलेका छन् । छोटो दुरीका सवारीसाधन भने ठप्प छन् ।

पसल तथा सवारी साधनहरू बन्द गराउँदै हिँड्ने १२ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बन्दकर्तालाई नारायणगढको लायन्सचोक र पूर्वी चितवनको भण्डाराबाट नियन्त्रणमा लिएको हो ।

एमसीसी सम्झौता खारेजीको लागि विप्लव नेतृत्वको माओवादी, ऋषि कट्टेल समूहको माओवादी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल, नेकपा माले, देशभक्त जनगणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीलगायतका दलले ऐक्यबद्धता जनाएका छन् ।

  • २८ मंसिर २०७८, मंगलवार १३:५५ प्रकाशित