काठमाडौं ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलहरूको बैठक बोलाएका छन् ।
प्रतिनिधि सभामा भएको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले दलहरूसँग छलफल गर्न लागेका हुन् ।सिंहदरबारमा ११ बजे बस्ने बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकरसचेतकलाई बोलाइएको छ ।
एमाले सांसद योगेश भट्टराईले संसदमा माओवादी सशस्त्र युद्धलाई ‘हिंसा’ भनेपछि माओवादीले आपत्ति जनाउँदै संसद अवरुद्ध गरेको थियो ।