काठमाडौँ ।
१७ देशका लागि प्रस्तावित राजदूतहरूको अनुमोदनबारेको निर्णय आज हुने भएको छ । सबै प्रस्तावित राजदूतहरूको कार्ययोजना सुनिसकेपछि संसदीय सुनुवाइ समितिले सरकारबाट भएको सिफारिसअनुसार नाम अनुमोदन गर्ने–नगर्नेबारे निर्णय गर्न लागेको हो ।
सरकारले गत साउन १४ गते डा. शंकर शर्मा (भारत), प्राडा कृष्णप्रसाद ओली (चीन), लोकदर्शन रेग्मी (संयुक्त राज्य अमेरिका), चन्द्रकुमार घिमिरे (संयुक्त अधिराज्य), डा. शिवमाया तुम्बाहाङ्फे (दक्षिण कोरिया), प्रा.धनप्रसाद पण्डित (इजरायल), रामकृष्ण भट्टराई (श्रीलंका) र रीता धिताललाई (पाकिस्तान)का निम्ति आवासीय नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
यसैगरी सरकारले नरेशविक्रम ढकाल (साउदी अरेबिया), प्राडा कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका), सनिल नेपाल (स्पेन), डा. शैल रुपाखेती (जर्मनी), जंगबहादुर चौहान (रुसी महासंघ), रमेशचन्द्र पौडेल (कतार), सुम्निमा तुलाधर (डेनमार्क), डा. नेत्रप्रसाद तिमिल्सिना (मलेसिया) र प्रकाशमणि पोखरेल (पोर्चुगल) लाई सिफारिस गरेको थियो ।
नेपालको संविधानको धारा, २९२ अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।