सामुदायिक सेवा केन्द्र वगरको अध्यक्षमा पुनः रामप्रसाद

केन्द्रभाग मिडिया

पोखरा ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा– १ वगरको शनिबार सम्पन्न २१ औ वार्षिक साधारण सभा तथा ११ औ अधिवेशनले पुनःरामप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यासमिति चयन भएको छ ।समितिको उपाध्यक्षमा दुर्गा दत्त भुगाई, सचिवमा कृष्णबहादुर तामा·, कोषाध्यक्षमा कमलप्रसाद बास्तोला, सहसचिवमा वावुराम भण्डारी चयन भएका छन । त्यसैगरी सदस्यहरुमा हरिदेवी पराजुली, रामबहादुर लामिछाने, ऋषिराम भट्टराई कृष्णप्रसाद दाहाल, वलराम अधिकारी, रजनी शर्मा चपाई, लक्ष्मी शर्मा र प्रकाशचन्द्र सापकोटा चयन भएका छन ।

निर्वाचन समितिका संयोजक हरिप्रसाद अधिकारी तथा सदस्य वैकुण्ठ अधिकारी र सुनिता देवकोटाले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

त्यसैगरी उत्कृष्ट कार्यसमिति सदस्य तर्फ सदस्य कृष्णप्रसाद दाहाल र ज्येष्ठ नागरिक तर्फ आजिव सदस्य सुरेन्द्रमान विजुक्छेकी आमा तारादेवि विजुक्छेलाई सम्मान गरिएको थियो ।त्यस्तै सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका इन्चार्ज प्रहरी हवल्दार गौतम कुमार हायू र सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रहरी सहायक हवल्दार भिमप्रसाद काफ्लेलाई नगद सहित प्रशंशा पत्र प्रदान गरिएको थियो ।

दश जोड दुई तर्फ संस्थामा आवद्ध सदस्यका छोराछोरी मध्ये आजविन सदस्य कल्पना आचार्य वास्तोला र ईश्वरी प्रसाद वास्तोलाका छोरा कृतन वास्तोला र आजिवन सदस्य रामप्रसाद अधिकारीकी नातिनी आकृति अधिकारीलाई नगद सहित प्रशंशा पत्र प्रदान गरिएको थियो ।

 

  • २९ भाद्र २०८१, शनिबार १८:१४ प्रकाशित