बागलुङ जिप दुर्घटना अपडेट : ज्यान गुमाउने तीन मध्ये २ जनाको पहिचान

ज्यान गुमाउनेमा गाउँपालिकाकी उपाध्यक्ष र उनकी आमा

केन्द्रभाग मिडिया

बागलङ ।

मध्यपहाडी लोकमार्गमा सरकारी जिप पल्टिँदा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको ज्यान गएको छ । घटनामा उनकै आमा ६१ वर्षीय गोपीमाया बुढाको निधन भएको हो । तीन जनाको ज्यान गएपनि अन्य एक पुरुषको पहिचान खुलेको छैन ।

शुक्रबार बिहान पौने ९ बजे गलकोट नगरपालिका वडा नं २ को भुँखानीमा रा १ झ २०० नम्बरको पिकअप सडकदेखि ३ सय मिटर तल खसेको थियो । जिपमा सवार २ महिला र १ पुरुषको शव भेटिएको प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।

उक्त गाडी काठमाडौंदेखि रुकुम पूर्व जाँदै गरेको खुलेको छ ।घटनास्थलबाट एकजनालाई जीवितै उद्धार गरिएको छ।

  • २८ भाद्र २०८१, शुक्रबार ११:०३ प्रकाशित