सुनको मूल्यमा नयाँ रेकर्ड

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको हो ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार ४०० कायम भएकोमा बुधबार १००० बढेर तोलामा १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको हो ।

यस्तै छापावाल सुन मंगलबार प्रति १० ग्राम १ लाख ३१ हजार ५१५ रुपैयाँ कायम भएको छ । यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ७६५ रुपैयाँ कायम भएकोमा बुधबार बढेर १ हजार ७८० रुपैयाँ कायम भएको हो ।

  • २६ भाद्र २०८१, बुधबार ११:०४ प्रकाशित