पोखरा ।
सहकारी पीडितहरुले पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरामा कालोझण्डा देखाएका छन् ।सूर्यदर्शन सहकारीका पीडितले मंगलबार उनलाई विरौटमा झण्डा देखाएका हुन् ।
लामिछाने पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन पोखरा आएको बताइएको छ। कार्यक्रमस्थलमा उनीहरुले नारावाजी सहित प्रदर्शन गरिरहेका छन्