किर्ते मुद्धामा दोषी ठहर लुम्बिनीका सांसद धनबहादुर केसी कारागार चलान

केन्द्रभाग मिडिया

काठमाडौँ ।

लुम्बिनी प्रदेशका सांसद धनबहादुर (डीबी) केसी ले आत्मसमर्पण गरेका छन् । आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर कांग्रेस सांसद केसीले आत्मसमर्पण गरेका हुन् ।

उनलाई आजै कारागार चलान गरेको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एसएसपी माधव श्रेष्ठले सांसद केसीलाई अदालतमा उपस्थित गराइएको र आइतबार नै उनलाई कारागार चलान गरेको जानकारी दिए ।

रुकुम पूर्वका १(ख)बाट निर्वाचित धनबहादुर केसीलाई जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाए पनि सजाय भुक्तान नभएको पत्र प्रहरीलाई पठाएपछि फरार रहेका थिए ।

२०४८ सालमा रुकुम जिल्ला अदालतमा चलेको सरकारी कागजात किर्तेको मुद्दामा केसीलाई दोषी ठहर गरिएको थियो । सुरुमा १९ दिन थुनामा बसे पनि पछि केसी अदालतको आदेश बमोजिम धरौटी बुझाएर रिहा भएका थिए । पछि अदालतले दोषी ठहर गरेपछि जरिवानाको रकम धरौटीबाट लिइएको भए पनि उनले कैद सजाय भुक्तान गर्न बाँकी नै थियो ।

  • २३ भाद्र २०८१, आईतवार १७:११ प्रकाशित