पोखरा ।
गण्डकी प्रदेशमा नेकपा एमाले औपचारिक रुपमा सरकारमा सहभागी भएको छ । सहभागी मन्त्रीहरुले सोमबार सपथग्रहण गरेका छन् ।
कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री नवलपुरका पद्या जिसी श्रेष्ठ, स्वास्थ्य मन्त्री बाग्लङका कृष्ण पाठक, उद्योग तथा पर्यटन मन्त्री पर्वतका मित्रलाल बस्याल र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री कास्कीका प्रकाश केसीलाई सोमबार प्रदेश प्रमुख डिल्लिराज भट्टले पद तथा गोपनियताको सपथ गराएका हुन् ।
यस अगाडि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय सम्हालेका कांग्रेसका विन्दु कुमार थापाको मन्त्रालयबाट स्वास्थ्य निकालेर सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय बनाइएको छ । आर्थिक मामिला मन्त्रीमा कांग्रेसका डा. टकराज गुरुङले सोही मन्त्रालयमा निरन्तरता पाएका छन् ।
यस अगाडि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय सम्हालेका राजिव गुरुङले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस अगाडि उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रलयकै जिम्मवेरी पाएका फडीन्द्र देवकोटाले सोही मन्त्रालयमा निरन्तरता पाएका छन् ।