कांग्रेस–एमाले गठबन्धन बनाउन क्याप्टेन थापाको योगदान महत्वपूर्ण : सभापति देउवा

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन बनाउन व्यवसायी क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान रहेको बताएका छन् । शनिबार क्याप्टेन थापाको पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभापति देउवाले उक्त विषय लुकाएर नलुक्ने पनि उल्लेख गरे ।

गत १७ असारको राति भएको सहमतितर्फ इंगित गर्दै उनले भने, ‘लुकाएर लुक्ने कुरा छैन, ओलीजी र मेरोबीचमा नजिक ल्याउने काममा अहिलेको गठबन्धन बनाउने काममा पनि उहाँको ठूलो यागदान छ।’

संविधान संशोधन गर्नेसहितको ७ बुँदे सहमतिमा सो दिन क्याप्टेन थापाकै घरको एउटा कोठामा हस्ताक्षर भएको थियो । उक्त विषय लुकाएर लुक्ने विषय नभएको देउवाको भनाइ छ।

  • १५ भाद्र २०८१, शनिबार १७:४० प्रकाशित