कास्की काँग्रेस कास्कीमा विशेषज्ञ वृत्त निर्माण

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेस कास्कीको बैठकले नेपाली कांग्रेस कास्कीमा विशेष वृत्त बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस कास्कीलाई आवश्यक राय, सल्लाह तथा सुुझाव दिनको लागि निर्माण गरिएको विशेषज्ञ वृत्तमा समाजको विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका ब्याक्तित्वहरुलाई समेटिएको नेपाली कांग्रेस कास्कीले जानकारी दिएको छ ।

जीवनको महत्वपूर्ण समय, ज्ञान, सिप र अनुभवले खारिएका व्यक्तित्वहरुको उपस्थिती र सक्रियताले कास्की कांग्रेस थप उर्जाशिल वन्ने अपेक्षा लिएको नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त वरालले बताए । विगतमा पार्टीको विभिन्न तहमा रही समाजमा सम्मानीत जीवन बनाएकाहरुको अनुुभवले पार्टीमा नयाँ रक्तसञ्चार गर्ने अपेक्षा सभापति बरालको रहेको छ ।

पार्टीले राजनीति, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, वातावरण, योजना, उद्योग वाणिज्य, सुशासन तथा प्रशासन, साहित्य, कला तथा संगित क्षेत्रलाई समेटेर विशेषज्ञ वृत्त निर्माण गरेको हो ।समाजको विविध क्षेत्रमा रहेर उनीहरुले आर्जन गरेको ज्ञान, अनुभव र विज्ञताको खाँचो र आवश्यकता पार्टीलाई सदैव र उनीहरुको मूल्यावान समय र साथलाई फेरि पनि पार्टीले लिन चाहेको सभापति बरालको भनाइ छ ।

कास्की कांग्रेसले निर्माण गरेको राजनीति विशेषज्ञ वृत्तमा अग्रज राजनीतिज्ञहरु अशोक पालिखे, भोला थापा, तीर्थ श्रेष्ठ, विश्व सिग्देल, शंकर देवकोटा र सकुन्तला गुरुडलाई मनोनित गरिएको छ ।कास्कीको राजनीतिमा अमूल्य समय र जीवन दिएका उनीहरको उपस्थितीले पार्टीमा नयाँ उत्साह संचार गर्ने नेपाली कांग्रेस कास्कीका सहसचिव नविन सिग्देलले दावी गरे । अन्य वृत्तका विशेषज्ञहरु पनि छिटटै निर्माण गर्ने तयारीमा रहेको कास्की काँग्रेसले जानकारी दिएको छ ।

 

  • १४ भाद्र २०८१, शुक्रबार १५:१५ प्रकाशित