नेपालगञ्जमा बस दुर्घटना हुँदा २ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

दाङ ।

बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परी दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र २४ वर्षीय सन्तोष भुसालको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीका अनुसार मृतक ओली बसका यात्रु हुन् भने भुसाल बसका सहचालक हुन् ।

आज दिउँसो नेपालगञ्ज–कोहलपुर सडकखण्डको गनापुर भन्ने स्थानमा भे १ ख २१२८ नम्बरको बस आफैं अनियन्त्रित भई पल्टिएको थियो । उक्त बस दाङ तुलसीपुरबाट नेपालगञ्ज जाँदै थियो । बस पल्टिँदा गुडिरहेको एउटा मोटरसाइकलमा पनि ठोक्किएको थियो ।

सो दुर्घटनामा २६ जना भएका छन् । घाइतेहरुको उपचार नेपालगञ्ज र कोहलपुरका अस्पतालमा भइरहेको छ ।

  • १३ भाद्र २०८१, बिहीबार १५:४७ प्रकाशित