पोखरा ।
हेम्जा उद्योग व्यवसायी समितिको प्रथम स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३२ युनिट रगत संकलन भएको छ ।पोखरा महानगरपालिका वडा नं २५ का कार्यबाहक अध्यक्ष धन कुमारी पोख्रेल तिमिल्सिनाले पहिलो रक्तदाता हेमजा उद्योगा व्यवसायी समितिका अध्यक्ष मिनराज पोख्रेललाई ब्लड ब्याग हस्तान्तरण गरी सुरु भएको कार्यक्रममा ३२ जनाले रक्तदान गरेका हुन ।
सो अवसरमा वोल्दै कार्यबाहक वडा अध्यक्ष धन कुमारी पोख्रेल तिमिल्सिनाले रक्तदानले परोपकार मात्र होइन, दातालाई स्वास्थ्य लाभ हुने बताइन ।कार्यक्रममा सल्लाहकार विश्वराज अधिकारी, सामुदायिक प्रहरी एवं सेवा केन्द्र हेमजाका उपाध्यक्ष देवि अधिकारी,लायन्स क्लब अफ हेमजा पोखराका अध्यक्ष सन्तमान क्षेष्ठ,ने.रे.सो हेमजा उपशाख सहसचिब कृष्ण बहादुर थापा साथै रक्त सञ्चार केन्द्रका कार्यालय प्रमुख महेश के.सी लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।
हेमजा उद्मोग व्यवसायी समितिका अध्यक्ष मिनराज तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमा स्वागत उपाध्यक्ष शुसिला बास्तोलाले र सञ्चालन महासचिब राजेन्द्र प्रसाद बास्तोलाले गरेका थिए ।













