हराइरहेका स्पेनी मध्ये पुरुषको शव फेला

केन्द्रभाग मिडिया

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिका ९ भुरुङदी खोलामा एक जना स्पेनी नागरिकको शव फेला परेको छ । गत आइतबार देखी उक्त क्षेत्रमा दुईजना स्पेनी नागरिक हराइरहेका थिए । प्रहरी चौकी बिरेठांटी कास्कीको पर्यटक प्रहरी र सशस्त्र प्रहरी नं २४ गण हेडक्वाटर मालेपाटनबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा इरिक सोलेर क्यासानोभासको शव भेटिएको कास्की प्रहरीले जनाएको छ ।

आइतबार सांझ ६ बजे अन्नपूर्ण गाउँपालिका ९ तिखेढुंगा स्थित मौजाखोला नजिकै रहेको गोरेटो बाटोमा दुईवटा वेवारिसे झोला भेटिएपछि उक्त झोला विरेठांटी प्रहरी चौकीमा ल्याइ हेर्दा स्पेनी नागरिकको भएको पत्ता लागेको थियो । झोला फेला परेपछि खोज्दै जाने क्रममा नजिकै खोलको छेउमा टोपी, टिसर्ट, स्टीक फेला परेको थिए । प्रहरीले अनुसन्धानको क्रममा उनीहर विरठांटी हुदै म्याग्दीको घोरेपानी जादै गरेका थिए । हराइरहेका मोलास जुन्काको भने खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

  • ११ भाद्र २०८१, मंगलवार १८:२९ प्रकाशित