प्रचण्डको प्रस्तावमा एमालेको प्रतिवाद : ‘प्रमुख प्रतिपक्षी दलको नेता हामीलाई चाहिँदैन’

केन्द्रभाग मिडिया

प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि राख्न माओवादी केन्द्रले राखेको प्रस्तावलाई नेकपा एमालेले प्रतिवाद गरेको छ।

मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखा समितिमात्रै नभइ प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि राख्न सत्तारुढ दललाई आग्रह गरेका थिए।

‘सुन्नुहोस् कांग्रेस९एमालेका साथीहरू, हाम्रो भूमिका खोसेर तपाईंहरू हामीलाई जनताको आवाज उठाउनबाट रोक्न सक्नुहुन्न। मेरो च्यालेन्ज भयो, लेखा समिति मात्रै किनरु चाहिन्छ भने प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि तपाईहरुसँगै राख्नोस्,’ प्रचण्डले बैठकमा भनेका थिए।

प्रचण्डको सम्बोधनपछि विशेष समयमा बोलेका एमाले नेता रघुजी पन्तले भने संविधान पढ्न आग्रह गरे। उनले प्रमुख प्रतिपक्षी दलको नेता संवैधानिक पद भएकाले कसैले खोजेर नपाइने पद भएको जिकिर गरे।

  • ११ भाद्र २०८१, मंगलवार १६:१२ प्रकाशित