काठमाडौँ ।
नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्युरो सदस्यमा २०२ जनाको उम्मेदवारी परेको छ। कुल १०५ जना पोलिटब्युरो सदस्य चयन हुनुपर्नेमा २०२ जनाको उम्मेदवारी परेको हो ।
यस्तै सचिव पदमा ४१ जनाले उम्मेदवारी दिएका छन् । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको सूचीअनुसार सचिव (दलित समुदायतर्फ)३ जनाको उम्मेदवारी परेको छ।
यसैगरी सचिव (आदिवासी जनजातितर्फ) ३ जना तथा ५ जना निर्वाचित हुने खुला सचिव पदमा २६ जनाको उम्मेदवारी परेको छ । सो पार्टीमा कुल ७ जना सचिव निर्वाचित हुने प्रावधान छ । जसमा खुलातर्फ ५ जना निर्वाचित हुन्छ । एकीकृत समाजवादीमा सहमति जुट्न नसकेपछि पदाधिकारी र पोलिटब्युरो चयन गर्न निर्वाचन भएको हो ।