राजदूत नियुक्ति सिफारिस समावेशी नभएको भन्दै आलोचना

केन्द्रभाग मिडिया

काठमाडौं ।

सांसदहरुले राजदूत नियुक्ति सिफारिस समावेशी नभएको भन्दै सरकारको आलोचना गरेका छन् ।

आजको संसदीय सुनुवाइ समितिको बैठकमा धारणा राख्ने नेकपा माओवादी केन्द्र, राप्रपा पशुपति शमशेर राणा, प्रकाश अधिकारी, आनन्दप्रसाद ढुंगाना लगायतले सिफारिस समावेशी नभएको बताए ।

सरकारले हालै १७ जना राजदूत सिफारिस गरेको सन्दर्भमा संसदीय समितिको बैठकमा छलफल भइरहेको छ ।छलफलमा भाग लिँदै नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले संविधानमा लेखिएको कुरा कार्यान्वयनका लागि भएको भन्दै राजदूत नियुक्ति सिफारिस समावेशी बनाउनुपर्ने बताए ।
नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगानाले समावेशी समानुपातिकका बारेमा अहं प्रश्न उठेको भन्दै ती प्रश्नलाई सम्बोधन गर्नुपर्ने बताए ।

  • ११ भाद्र २०८१, मंगलवार १४:०५ प्रकाशित