सुर्खेत।
चट्याङ लागेर सल्यानमा एक जनाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा कालीमाटी गाउँपालिका–१, लक्ष्मीपुर सातखोलाका ५६ वर्षीय दलबहादुर कार्की रहेका छन् ।
सल्यान प्रहरीको अनुसार सोमबार बेलुका कार्की आफ्नै घर नजिकैको गोठमा गएका बेला चट्याङले लागेको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा लगिएकोमा त्यहाँ उनलाई डाक्टरले मृत घोषणा गरेका हुन् ।
कार्की स्थानीय कालीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत हुन् ।













