भारतीय पर्यटक बस दुर्घटनामा ज्यान गुमाएका सबै शवको परीक्षण चितवनमा हुने

केन्द्रभाग मिडिया

पोखरा ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका ज्यान गुमाएकाको शव परीक्षण चितवनमा हुनेभएको छ ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको ज्यान गुमेको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा उपचारको क्रममा ज्यान गुमेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको हो ।

आँबुखैरेनी अस्पतालमा संकलन गरिएका २६ जनाको शव शुक्रबार राति नै चितवन पठाइएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका १६ जनालाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको थियो । उनीहरुको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

  • ८ भाद्र २०८१, शनिबार ०८:२३ प्रकाशित