पोखरामा स्कुल बस अनियन्त्रित हुँदा एकजना घाइते, तीन वटा ट्याक्सीमा क्षति

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको घारेपाटन स्थित आँखा अस्पताल नजिक स्कूल बस अनियन्त्रित भई पार्किङमा राखिएका ट्याक्सीलाई ठक्कर दिएको छ ।

न्यु मोडल सेकण्डरी स्कुल नागढुंगाको स्कूल बस अनियन्त्रित भई ठक्कर दिँदा बसका चालक घाइते भएका छन् । पार्किङ गरी राखिएको तीन वटा ट्याक्सीमा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

ट्राफिक प्रहरी प्रमुख भानु शर्माका अनुसार बस अनियन्त्रित भइ ठक्कर दिँदा घाइते भएका बसका चालकलाई पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएको छ । उनको पहिचान खुलेको छैन । बसले ठक्कर दिँदा ग १ ज ४१८०, ग १ ज २९३४ र ग १ ज २२४१ नम्बरको ट्याक्सीमा क्षति पुगेको छ ।

दुर्घटनाको अनुसन्धान भइरहेको ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख शर्माले जानकारी दिए ।

  • ७ भाद्र २०८१, शुक्रबार १६:०७ प्रकाशित