यी हुन् तनहुँमा दुर्घटनमा परेको बसका यात्रु (नामसहित)

गोरखपुरबाट पोखरा आएका थिए, काठमाडौं जाँदा बाटैमा दुर्घटनामा परे

केन्द्रभाग मिडिया

पोखरा ।

तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बसमा सवार सबै यात्रु सबै भारतीय भएको खुलेको छ ।

कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन थापाका अनुसार उनीहरू भारतको गोरखपुरबाट नेपाल आएका थिए । उनीहरु ५ भदौमा गोरखपुरबाट पोखरा आएका हुन् । उनीहरू पोखरास्थित मझेरी रिसोर्टमा बसेका थिए ।

बुधबार र बिहीबार उक्त रिसोर्टमा बसेर उनीहरू शुक्रबार बिहान काठमाडौँका लागि हिँडेका खुलेको हो । यात्राकै क्रममा उनीहरू आबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।

प्रहरीका अनुसार अहिलेसम्म १४ जनाको अचेत अवस्थामा र बाँकी १५ जनाको घाइते अवस्थामा उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ । बसमा चालक र सहचालकसहित ४१ जना यात्रु सवार थिए । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पुगेर घटनास्थलमा उद्धार कार्य जारी राखेको छ ।  – सच्याइएको

दुर्घटनामा परेको बसमा सवार यात्रुको नाम

 

  • ७ भाद्र २०८१, शुक्रबार १३:३८ प्रकाशित