हटाइयो घाँसी कुवाको पहिरो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

केन्द्रभाग मिडिया

पोखरा ।

अविरल वर्षाले गर्दा आएको पहिरोका कारण अबरुद्ध पृथ्वी राजमार्ग झण्डै २४ घण्टा पछि सञ्चालनमा आएको छ ।

बुधबार साँझ ५ बजेपछि व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवामा १५० मिटर माथिबाट खसेको ठूलो ढिस्को हटाएर राजमार्ग एकतर्फीरुपमा सञ्चालनमा ल्याइएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

‘पहिरो ठूलो भएकोले पुरै हटाउन समय लाग्छ । अहिले एकतर्फी रुपमा भएपनि सञ्चालनमा आएको छ । अब दुईतर्फी नै सञ्चालन गर्नेगरी काम भइरहेको छ, उनले भने ।

पृथ्वी राजमार्गको उक्त सडकखण्ड अबरुद्ध हुँदा काठमाडौं र नारायणगढ बाट तनहुँ हुँदै पोखरा आउने र पोखराबाट उक्त सडक हुँदै काठमाडौ र देशका अन्य भागमा पुग्ने सयौं सवारी साधन रोकिएका थिए ।

  • ६ भाद्र २०८१, बिहीबार २२:११ प्रकाशित