काठमाडौं ।
अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वतीको उपचारको क्रममा आज (विहिबार) बिहान ६ बजे पाटन अस्पतालमा निधन भएको छ ।
अभिनेता कार्कीको अनुसार ४ दिनदेखि भेन्टिलेटरमा राखेर उनकी आमाको उपचार गरिँदै आएको थियो । उनी विभिन्न दीर्घरोगबाट पीडित थिइन् ।
उनलाई पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिकष्मा समस्या देखिएको थियो । आमा बिरामी भएपछि बिपिन पछिल्लो फिल्म ‘ऊनको स्वीटर’को छायांकन बीचमै छाडेर काठमाडौं आएका थिए ।














