मेनकाजी गुरुङको जन्मजयन्तीको अवसरमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता हुने

केन्द्रभाग मिडिया

पोखरा ।
वरिष्ठ संस्कृतिकर्मी एवम नृत्य निर्देशक मेनकाजी गुरुङको ६१ औं जन्मजयन्तीको अवसरमा अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको आयोजना हुने भएको छ । गुरुङको जन्मजयन्तीको अवसरमा हिमाली सांस्कृतिक परिवार पोखराको आयोजनामा आगामी भदौ ८ गते शनिवार पोखरा सभागृहमा उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञान बहादुर थापाले जानकारी दिए ।

थापाको अनुुसार अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र दोश्रो हुनेले नगद ३० हजार,ट्रफी, मेडल र प्रमाणपत्र  तृतिय हुनेले नगद २० हजार,ट्रफी, मेडल र प्रमाणपत्र सान्तवना हुनेले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र  र उत्कृष्ट नृत्य निर्देशकले नगद १० हजार प्राप्त गर्नेछन । प्रतियोगितामा सहभागी हुनेले हिमाली सांस्कृति परिवारको सचिवालय पोखरा ९ बसपार्क मा भदौ ६गते बिहीबार साँझ ६ बजे सम्म टीम दर्ता गराइसक्नुपर्नेछभने दर्ता शुल्क २ सय रुपैया लाग्ने हिमाली परिवारका वरिष्ठ उपाध्यक्ष गज बहादुर गुरुङले जानकारी दिए ।

  • ४ भाद्र २०८१, मंगलवार २०:२० प्रकाशित