पोखरा ।
लागूऔषध सहित कास्की प्रहरीले दुुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भइ हाल पोखरा १८ सेदी बस्नै ४० वर्षको बिर बहादुर तामाङ र पोखरा १२ भृकुटी टोल बस्ने वर्ष ४६ को शिव कुमार बानियाँ रहेका छन ।
जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले भारतको बनारस स्थाइ वतन भइ हाल पोखरा १२ कृकुटी टोल बस्ने ४६वर्षिय शिव कुमार बानियाँको डेरा कोठामा लुकाइ छिपाइ राखेको लागू औषध , बुप्रिनर्फिन ३५३ एम्पुल, डाईजापाम ३५९ एम्पुल र फेनरागन ३४५ एम्पुल गरी १०५७ एम्पुल र नाईट्रोभ्याट १० लेखेको ट्याव्लेट १०७० चक्की र नुर्फिन लेखेको स्टिकर १७४ थान र मोबाइल थान १ सहित पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।
त्यसैगरी कास्की प्रहरीले पोखरा ८ सिमलचौरमा लागुऔषध कारोबार भइरहेको सुचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले पोखरा खोटाङ वाकाचुल गाउँपालिका २ स्थायी वतन भइ पोखार १८ सेदी बस्ने ४० वर्षिय बिर बहादुर तामाङलाई खानतलासी गर्दा तामाङले लुकाई छिपाई राखेको लागू औषध बुप्रिनर्फिन ५ एम्पुल, डाईजापाम ५ एम्पुल र फेनरागन ५ एम्पुल गरी जम्मा १५ एम्पुल र नाईट्रोभ्याट १० लेखेको ट्याव्लेट २० चक्की फेला पारि प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङ र बानियाँलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी वढाइएको कास्की प्रहरी प्रवक्ता बसन्त कुमार शर्माले जानकारी दिए ।