सुनसरीमा एक जनाको हत्या, शंकास्पद तीन जना पक्राउ

केन्द्रभाग मिडिया

crime

सुनसरी ।

सुनसरीको गढीमा एक जनाको हत्या भएको छ । गढी गाउँपालिका २ मा ४६ वर्षीय ज्ञानचन्द्र ऋषिदेवको हत्या भएको हो । टाउको अलग भएको अवस्थामा उनको शव फेला परेको प्रहरीको भनाइ छ

उनले सिमेन्ट, बालुवाको रिङ बनाउने काम गर्दै आएका थिए । हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

  • ३ भाद्र २०८१, सोमबार १५:३५ प्रकाशित