पोखरा ।
पोखरामा २७ फरार प्रतिवादी पक्राउ परेका छन् । साउन १ गतेदेखि ३२ गतेसम्म विभिन्न मुद्धामा कैद तथा जरिवाना फैसला भएकोमा फरार रहेको २७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा २२ जना पुरुष र ५ जना महिला रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा चेक अनादार मुद्दाका धेरै छन् । चेक अनादर मुद्धाका १३ जना, लागू औषध मुद्दाका ५ जना,चोरी सम्बन्धी मुद्दाका ३ जना, केही सार्वजनिक अपराध मुद्दाका २ जना, आगो लगाएको सम्बन्धी मुद्दाका २ जना र लेनदेन बिगो सम्बन्धी मुद्दाका जना रहेको प्रहरीले जनाएको छ।
उनीहरुबाट ४ वर्ष ९ महिना २ दिन कैद सजाय र दुई लाख दश हजार आठ सय पच्चिस रुपैयाँ जरिवाना असुल गर्नको लागि अदालतमा उपस्थित गराईएको प्रहरीले बताएको छ ।













