काठमाडौं ।
नेपाली कांग्रेसका सांसद गगन थापाले बिजुलीको बक्यौता एक सुका, एक रुपैयाँ पनि कसैलाई छाड्न नसकिने बताएका छन्।
सरकारले उद्योगहरूबाट बिजुली बक्यौता उठाउनुपर्ने उनले बताए।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले भने, ‘जसले बिजुली प्रयोग गरेको छ, प्रयोग गर्नेको बक्यौता नउठाऊ भनेर कसैले भन्छ ? नउठाउन पाइन्छ? एक रुपैयाँ पनि छोड्न पाइन्न। एक सुका पनि छोड्न पाइन्न, अरबको कुरा होइन।’
सरकारले यस विषयमा सदनबाट जबाफ दिनुपर्ने पनि थापाले बताए। कसैमाथि अन्याय पनि हुन नदिने र अनुचित लाभ पनि एक रुपैयाँ कसैलाई लिन दिन नहुने उनले बताए।
‘राज्यको कोषमा एक रुपैयाँ पनि तलमाथि हुन दिँदैनौं भन्ने कुराको सरकारले ग्यारेन्टी गर्नुपर्छ, विश्वास दिलाउनुपर्छ,’ थापाले भने।