बुटवलबाट पोखरा आउदै गरको माइक्रो हाइस पाल्पामा दुर्घटना, ७ जना घाइते

केन्द्रभाग मिडिया

पाल्पा ।
बुटवलबाट पोखरा आउदै गरेको माइक्रो हाइस पाल्पाको जोरधारामा दुर्घटना हुँदा ७ जना घाइते भएका छन । पोखरा तर्फ आउदै गरेको ग २ ख १२२५ नम्बरको हाइस तिनाउको जोरधारामा अनियन्त्रित भएर सडक किनारको पर्खालमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा तानसेन नगरपालिका १० की लक्ष्मी कार्की, नवलपरासी पश्चिम सराबल गाउँपालिका ७, का राजेश गुप्ता, रामु सहानी, मेराज मन्जुरी, दीपेन्द्रकुमार कुसवाह, स्याङ्जा भीर कोट नगरपालिका ९ का तारापति रेग्मी र कास्कीको पोखरा महानगरपालिका २२ का रमेश केसी घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए ।

घाइते सबैको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ ।

 

  • २८ श्रावण २०८१, सोमबार २०:१८ प्रकाशित