प्रदेशसभा सदस्यसहित ११ जना जुवाखालबाट पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

जुवातास खेलेको आरोपमा प्रदेश सभा सदस्यसहित ११ जनालाई काठमाडौं गौरीघाटबाट प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा शनिवार सांझ एमालेका नेता तथा कोशी प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी, एमालेकै कोशी प्रदेश कमिटी सचिवालय सदस्य महेश किराती, एमालेका सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बीरबहादुर राई, कलाकार पुरुषोत्तम शर्मा, उत्तमकुमार राई, अनिश तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाङ्फे, रवि श्रेष्ठ र राजु महतलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले १ लाख ५० हजार र १६ बुक तास बरामद गरिएको प्रहरी स्रोतले बताएको छ । पक्राउ परेकाहरुलाई प्रहरीले प्रहरी वृत्त गौशालामा राखेको छ ।

  • २७ श्रावण २०८१, आईतवार १६:२३ प्रकाशित