काठमाडौं ।
गृहमन्त्री रमेश लेखकले द्वन्द्वकालमा भएका बलात्कार घटनाका दोषीलाई सजायमा कुनै छुट नहुने बताएका छन । गम्भीर मानव अधिकार उल्लंघनका पीडितहरूको राष्ट्रिय सञ्जाल नेपालको आयोजनामा टीआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धि ऐन कार्यान्वयनमा द्वन्द्व पीडितको सहभागिता विषयक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले बलात्कार घटनाका दोषीलाई सजाय कम गर्दा समाजमा राम्रो सन्देश नजाने समेत बताए ।
गृहमन्त्री लेखकले देशभरीमा अहिले पनि सबैभन्दा बढी बलात्कारका घटनामा दोषी कैदी रहेको बताउदै जहिले जसरी भए पनि बलात्कार बलात्कारनै भउको र त्यसमा कुनै अवस्थाले सजाय फरक नहुने समेत वताए । यसमा सजाय घट्यो भने समाजमा नकारात्मक सन्देश जाने उनको भनाइ रहेको थियो ।
सरोकारवालाहरुको चासो देख्दा संक्रमणकालीन न्यायसम्बन्धी कानुनमा यो भन्दा राम्रो गर्न नसकिने बताउदै उनले अब यसलाई कार्यान्वयनमा ध्यान दिनुपर्नेमा समेत जोड दिए ।गृहमन्त्री लेखकले संक्रमणकालीन न्यायसम्बन्धी कानुन कार्यान्वयनमा निकै ठुलो चुनौती रहेको भन्दै सबै पीडितहरू संवाद गरेर एकै ठाउँमा उभिन आग्रह गरे । राष्ट्र नै एक हुन नसके यो प्रक्रिया बिथोलिएर अर्को १० वर्ष लाग्ने उनको भनाइ रहेको थियो ।












