काठमाडौं ।
हिंसाग्रस्त बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन । हसनले राजीनामा दिएको अन्तरिम सरकारका कानुनमन्त्री प्राध्यापक आसिफ नजरुलले पुष्टि गरेको बंगलादेशको पत्रिका द डेली स्टारले जनाएको छ ।
प्रधानन्यायाधीशको राजीनामा पत्र कानुन मन्त्रालय आइसकेको र उक्त पत्र ढिला नगरी राष्ट्रपति समक्ष पठाउने कानुनमन्त्री नजरुलले शनिवार दिउँसो फेसबुकमा पोष्ट गरेको भिडियो मार्फत सार्बजनिक गरेका छन ।
शनिबार बिहान प्रदर्शनकारीहरुले बंगलादेशको सर्वोच्च अदालतबाहिर प्रधानन्यायाधीश र ७ जना न्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए ।े अरु न्यायाधीशको भने राजीनामा नआएको कानुनमन्त्री नजरुलले बताए ।