कास्कीको अन्नपूर्ण गाउँपालिकामा शुक्रबार बिदा

केन्द्रभाग मिडिया

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाले शुक्रबार सार्वजनिक विदा दिएको छ ।अन्तराष्ट्रिय आदिवासी दिवस अगष्ट ९ को दिन कास्कीको अन्नपूर्ण गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको बिहीबार एक सुचना मार्फत जानकारी दिएको हो ।

पालिकाका अध्यक्ष बिष्णु बहादुर केसीद्धारा जारी विज्ञप्तीमा अन्तराष्ट्रिय आदिवासी दिवसको अवसरमा गाउँपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरु र स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरुमा अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु बन्द रहने जनाएको छ ।

  • २४ श्रावण २०८१, बिहीबार १७:४९ प्रकाशित