एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

पोखरा ।

नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार ५ जनाको ज्यान गुमेको छ ।

बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर शिवपुरी गाउँपालिका–७ सूर्यचौर डाँडामा दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको हो ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार ५ जनाको शव निकालिएको छ । ४ पुरुष १ महिलाको शव फेला परेको उनले बताए ।

उनले भने, ‘हेलिकप्टर खोल्सामा परेको छ । शव निकाल्न गाह्रो भइरहेको छ ।’ हेलिकोप्टरमा पाइलट अरुण मल्ल बाहेक अरु चार जना चिनियाँ नागरिक रहेका एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी दिए ।

 

 

  • २३ श्रावण २०८१, बुधबार १५:४३ प्रकाशित