एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ । नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार शिवपुरी ७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको हो ।

उनका अनुसार अहिले सुरक्षाकर्मीको ठूलो टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको छ । हेलिकप्टर दुर्घटना स्थलमा आगलागी भइरहेको र उद्धार कार्य जारी रहेको छ ।

एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले हेलिकप्टर हराइरहेको जानकारी प्राप्त भएको बताए । उनका अनुसार ४ जना विदेशीलाई स्याफ्रुबेंसी छाडेर फेरि त्यहाँबाट विदेशी नै लिएर काठमाडौं आउने गरी तालिका थियो ।

हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । पण्डितका अनुसार हेलिकप्टर १ बजेर ३० मिनेटमा चिनियाँ पर्यटक लिएर स्याफ्रबेंसी उडेको थियो ।

 

 

  • २३ श्रावण २०८१, बुधबार १५:०९ प्रकाशित