गुल्मीमा पहिरोले घर बगाउँदा ४ जनाको ज्यान गयो, २ जना घाइते

केन्द्रभाग मिडिया

गुल्मी ।
गुल्मीमा पहिरोले घर बगाउँदा पुरिएर ४ जनाको ज्यान गएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नं। १ बिसौना स्थित विष्णु विक र हुकुम विकको घर पहिरोले पुरिँदा ४ जनाको ज्यान गएको हो ।

पहिरोमा पुरिएर ६७ वर्षिय हुकुम बिक, उनका छोरा वर्ष ४६ का गोरे बिक, हुकुमकी बहिनी वर्ष ६६ की मसुरी विक र नातीनी अढाइ वर्षकी रियन्सी विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)रामकुमार केसीले बताए ।

त्यस्तै पहिरोले पुरेर ३१ वर्षका विष्णु विक र उनको श्रीमती २३ वर्षकी मुना विक घाइते भएको इन्स्पेक्टर केसीले बताए ।

लगातारको वर्षापछि घरमाथीबाट लेदो सहितको पहिरोले मंगलबार बिहान दुईवटा घर पुरेको थियो । घटनापछि प्रहरीले २ जनालाई उद्धार गरी स्थानीय स्वास्थ्यचौकीमा उपचारका लागि पठाएको छ ।

  • २२ श्रावण २०८१, मंगलवार १३:४१ प्रकाशित