बंगलादेशमा हिंसात्मक प्रदर्शन : आइतबार मात्र १३ प्रहरीसहित ९० भन्दा बढीको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

बंगलादेशमा फेरि हिंसात्मक प्रदर्शन चर्किएको छ । केही दिन मत्थर भएको सरकारविरोधी आन्दोलन पुनस् चर्किएको हो । आइतबार बंगलादेशका विभिन्न ठाउँमा सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा ९१ जनाको ज्यान गएको ढाका ट्रिब्युनले जनाएको छ ।

विभेदविरोधी विद्यार्थी आन्दोलनु को ब्यानरमा भएको प्रदर्शनका क्रममा ठाउँ(ठाउँमा सुरक्षाकर्मीसँग झडप भएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् ।

सिराजगन्जस्थित इनायतपुर प्रहरी स्टेसनमा आक्रमण हुँदा १३ जना प्रहरीको ज्यान गएको छ । आइतबार दिउँसो केही व्यक्तिको समूह आएर प्रहरी चौकीमा आक्रमण गरेको बताइएको छ । ड्युटीमा रहेका १३ प्रहरीलाई कुटिकुटी मारिएको ढाका ट्रिब्युनले जनाएको छ । केही ठाउँमा सत्तारुढ दल अवामी लिगका कार्यकर्ता र प्रदर्शनकारी विद्यार्थीबीच पनि झडप भएको छ । केही ठाउँमा अवामी लिगका कार्यकर्ता र नेताहरूको समेत ज्यान गएको छ ।

नरसिंगडी जिल्लामा अवामी लिगका ६ कार्यकर्ताको ज्यान गएको छ । ढाकाका विभिन्न क्षेत्रमा भएको प्रदर्शनका क्रममा केही विद्यार्थीसहित ८ जनाको ज्यान गएको जनाइएको छ । त्यस्तै लक्ष्मीपुरमा ८ जनाको , सिल्हेटमा छात्र लिग, आन्दोलनकारी विद्यार्थी र प्रहरीबीच भएको झडपमा ५ जनाको ज्यान गएको छ ।

बंगलादेशमा विद्यार्थीहरू सरकारी जागिरमा आरक्षणको विरोध गर्दै आन्दोलनमा उत्रिएका हुन् । पछिल्लो पटक उनीहरूको ुएकसूत्रीयु माग नै सरकारको राजीनामा रहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएको छ । आन्दोलनका क्रममा मृत्यु भएका २ सयभन्दा बढी सहपाठीको न्यायका लागि भन्दै विद्यार्थीहरू पुनस् सडकमा उत्रिएका हुन् ।

विद्यार्थीहरूले आइतबारदेखि देशभर ुअवज्ञा आन्दोलनु को घोषणा गरेका छन् । उनीहरूले सबै कलकारखाना र सार्वजनिक यातायातका साधन बन्द गर्न आग्रह गरेका छन् । प्रदर्शनमा २०० भन्दा बढी घाइते भएका छन् । प्रदर्शन चर्किएपछि ढाकामा इन्टरनेट सेवा बन्द गरिएको छ ।

बंगलादेशमा जुलाईमा भएको हिंसात्मक प्रदर्शनमा २ सयभन्दा बढीको ज्यान गएको थियो । अधिंकाश सुरक्षाकर्मीको गोलीबाट मारिएको पनि विद्यार्थी समूहको भनाइ छ । शेख हसिना सरकारले यसबीचमा १० हजारभन्दा बढीलाई गिरफ्तार गरेको छ ।

  • २१ श्रावण २०८१, सोमबार ११:१४ प्रकाशित