काठमाडौँ ।
पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले विचार र सिद्धान्तमा सहमत भए माओवादी केन्द्रसँग एकता हुन सक्ने बताएका छन् । उनले वैचारिक, राजनीतिक, कार्यदिशा र कार्यक्रममा सहमत भए एकता हुन सक्ने बताएका हुन् ।
तर त्यसमा तत्काल सहमत हुन सम्भावना नदेखिएको उनको भनाइ छ । यद्यपि माओवादीसहित सबै वामपन्थीहरूसँग कार्यगत एकता हुने खनालले जिकिर गरे ।
‘माओवादीसँग पार्टी एकता तत्काल देख्दिन । कार्यगत एकता सम्भव भएसम्म वामपन्थीहरूसँग हुन्छ । सम्भव हुन्छ र मान्छन् भने ओलीलाई पनि मनाउँछौँ । दलाल पुँजीवादको पछाडि नलाग्न भन्छौँ । अन्य वामपन्थीहरूलाई एकताबद्ध गर्छौँ नै’, खनालले भने, ‘राजनीतिक, वैचारिक, कार्यदिशा, कार्यक्रम मिल्छ भने माओवादीसँग एकता गर्न कुनै आपत्ति छैन । यी कुरा नमिलेसम्म हामी एकता गर्दैनौँ ।’
हिजो एमाले र माओवादीबिच फगत सत्ताको लागि मात्र एकता भएकाले दीघो नभएको उनको टिप्पणी छ । नेपाल अहिले समाजवादी क्रान्ति र रूपान्तरणमा प्रवेश गरेकाले प्रधान अन्तर्विरोध र प्रधानसत्रु छुट्याउनुपर्ने उनको तर्क छ ।