काठमाडौं ।
बिच भलिबलको नेपाली महिला टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको सेमिफाइनलमा नेपालले उज्वेकिस्तानलाई २–० को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानलाई २१–१३, २१–१२ ले हरायो । नेपाली टोली समूह चरणमा खेलेको तीनवटै खेल जित्दै अपराजित रहेर सेमिफाइनल पुगेको थियो ।नेपालको पुरुष टिमले पनि आजै सेमिफाइनल खेल्दैछ ।
मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले सेमिफाइनलमा माल्दिभ्ससँग खेल्नेछ । प्रतियोगिता सेमिफाइनल र फाइनल खेलहरू पनि आजै हुनेछ । प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ ७ टोलीको सहभागिता रहेको छ ।