बल्खु खोलामा बाढीले बगाउँदा एक जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौंको बल्खु खोलामा एक जना मृत अवस्थामा भेटिएका छन् ।

बल्खु खोलामा आएको बाढीले बगाउँदा उनको ज्यान गएको हुनसक्ने अनुमान गरिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले बताए ।

उनका अनुसार, ज्यान गुमाउनेमा बाँके घर भइ सुकुम्बासी वस्तीमा बस्ने ४५ वर्षीय राम सरुप महतो छन् ।

बुधबार बिहान साढे ७ बजेतिर उको शव बल्खु पुल मुनि अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त, कालिमाटीले घटनास्थलको मुचुल्का र थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण उपत्यकाका नदीहरुमा बाढी आएको छ । बल्खु तरकारी बजार, कुलेश्वर, बाफल, त्रिपुरेश्वर करिडोर, धोबीखोला करिडोर, कीर्तिपुर लागयतका क्षेत्रबाट प्रहरीले डुबानमा परेकाहरुको उद्दार पनि गरेको छ ।

  • १६ श्रावण २०८१, बुधबार १०:४५ प्रकाशित