आज डलरको भाउ कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ २७ पैसा छ ।
आज युरो एकको खरिददर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४० पैसा रहेको छ ।

यस्तै पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ७९ पैसा बिक्रीदर १७२ रुपैयाँ ५६ पैसा रहेको छ । आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ८ रुपैयाँ ६७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८ रुपैयाँ ५२ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७९ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६६ पैसा र बिक्री दर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ९२ पैसा र बिक्रीदर २९ रुपैयाँ ०५ पैसा रहेको छ ।

  • १६ श्रावण २०८१, बुधबार ०९:३० प्रकाशित