नाम फिर्ताका लागि कृष्णमान प्रधानले दिए निवेदन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानले नाम फिर्ताका लागि निवेदन दिएका छन् । संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने लगभग निश्चित भएपछि प्रधानले आफ्नो नाम फिर्ताका लागि संसदीय सुनुवाइ समितिको सचिवालयमा निवेदन दिएका हुन् ।

सचिवालयका सहसचिव निर्मलादेवी लामिछाने बस्तीले प्रधाले नाम फिर्ता लिन निवेदन दर्ता गराएको पुष्टि गरेकी छिन् । प्रधानमाथि एक महिलालाई यौन शोषण गरेको उजुरी संसदीय समितिमा परेको थियो । प्रधानको समितिमा सुनुवाइ सकिइसकेको छ ।

  • १४ श्रावण २०८१, सोमबार १४:५३ प्रकाशित