प्रस्तावित निर्वाचन आयुक्त प्रधानमाथि आज संसदीय सुनुवाइ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

निर्वाचन आयोगका प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानमाथि आज संसदीय सुनुवाइ हुने भएको छ । बुधबार दिउँसो १ बजे संसदीय सुनुवाइ समितिमा सुनुवाइ गर्न लागिएको हो ।

यसअघि रोकिएको प्रधानको सुनुवाइको कार्यक्रम आजका लागि राखिएको समिति सचिव निर्मला बस्ती लामिछानेले जानकारी दिइन् । प्रधान गत असार २ गते बसेको संवैधानिक परिषद्को बैठकबाट निर्वाचन आयुक्तमा सिफारिस भएका थिए ।

असार २० र २१ गतेका लागि संसदीय सुनुवाइ राखिए पनि रोकिएको थियो ।

  • ९ श्रावण २०८१, बुधबार ०९:२४ प्रकाशित