नेपाल द्वारा पाकिस्तान सामु १०९ रनको लक्ष्य प्रस्तुत

केन्द्रभाग मिडिया

पोखरा ।

एसिसी महिला एसिया कप क्रिकेट अन्तर्गत भएको आफ्नो दास्रो खेलमा नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य दिएको छ ।

श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा टस हारेर पहिले व्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ६ विकेटको क्षेतीमा १०८ रन जोडेको हो । नेपालका लागि कविता जोशीले सबैभन्दा धेरै ३१ रनको योगदान दिइन् । २३ बलको सामना गर्दै चार चौका र एक छक्का प्रहार गरेकी उनी नट आउट रहिन ।

सिता रानामागरले ३० बलमा २६ रनको योगदान दिइन् । पुजा महतोले ३२ बलमा २५ रनको योगदान दिइन । कविता कुँवरले १३ बलमा १३ रन, रुविना क्षत्री १४ बलमा ८ रन, सम्झना खड्काले ४ रन जोडिन भने २ बलको सामना गरेकी कप्तान इन्दु बर्मा सुन्यमा आउट भइन् ।

खेल सूचीअनुसार नेपाल समूह ‘ए’ मा छ भने सोही समूहमा भारत पनि छ। समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्याण्ड छन्।

नेपालले पहिलो खेलमा शुक्रबार युएईलाई ६ विकेटले हराउँदै ऐतिहासिक जित निकालेको थियो । नेपालले मंगलबार भारतसँग खेल्नेछ।

  • ६ श्रावण २०८१, आईतवार २०:५९ प्रकाशित