सिमलताल दुर्घटनाको बस र यात्रुको खोजीमा आजदेखी १२ भारतीय टोली सहभागी

केन्द्रभाग मिडिया

File photo

चितवन ।

सिमलताल पहिरोले यात्रु सवार दुई बस बगाएको आज १० दिन पुगेको छ ।

उक्त बस र अझै फेला नपरेका यात्रुको शव खोजीका लागि चार गोताखोरसहित आजदेखि १२ जनाको भारतीय टोली पनि सहभागी भएको छ । शनिबार चितवन आइपुगेको उक्त टोली आइतबार बिहानदेखि खोजी कार्यमा जुटेको हो ।

भारतको ‘राष्ट्रिय आपदा मोचन बल’ (एनडीआरएफ) का प्राविधिकसहितको टोली खोजीमा आएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । टोलीले ल्याएको सोनार क्यामराले ३० मिटर गहिराइसम्मको वस्तु संकेत गर्न सक्ने प्रजिअ यादवले बताए ।

नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलताल सिंदुरेगैराको लेदोसहितको पहिरोमा बगेर गत असार २८ देखि दुईवटा बस र यात्रु हराइरहेका छन् । घटनाकै दिनदेखि खोजीमा सेना र सशस्त्र प्रहरीको गोताखोर टोली प्रविधिसहित निरन्तर खटेको छ ।

नेपाली टोलीले तीन सय मिटरसम्मका वस्तु संकेत गर्ने क्षमता भएको सोनारसमेत प्रयोग गरेर खोज्दा पनि बस पत्ता लागेको छैन । भारतीय टोली अनुभवी भएका कारण केही न केही नतिजा आउने अपेक्षा गरेको एक सुरक्षा अधिकारीले बताए ।

  • ६ श्रावण २०८१, आईतवार १०:२४ प्रकाशित