पोखरा ।
आज आइतबार (असार ३ गते) पोखराको लेकसाइडमा दुर्घटनामा परि एक युवकको ज्यान गएको छ ।
आज बिहाने ५ बजेर ४० मिनेटको समयमा पोखरा महानगरपालिका वडा नम्बर ६ हल्लनचोकमा हाईलक्स गाडी र मोटरसाइकल एक आपसमा ठोक्किदाँ पोखरा ८ का वर्ष २६ का ईश्वर परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
ग ३ च ३४५७ नम्बरको हाईलक्स र ग ११ प ९१ नम्बरको मोटरसाईकल ठोक्किदाँ मोटर साइकल चालक ईश्वर घाईते भएका थिए । उनलाई उपचारको लागी गण्डकी मेडिकल कलेज पठाइएकोमा ६ बजेर ४३ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले दुवै सवारी साधन र हाईलक्सका चालक बर्दिया ठाकुर बाबा नगरपालिका ८ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा १७ ड्यामसाईड बस्ने वर्ष ३० का सुशिल दहितलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।













