तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गयो

केन्द्रभाग मिडिया

dead

तनहुँ ।

तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ ।

बन्दीपुर–४ सालथान निवासी जीत बहादुर अछामीका ११ वर्षीय छोरा सुन्दर अछामीको चितुवाको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बिहीबार बेलुकी सवा ८ बजे गाईगोठबाट घरतर्फ फर्किने क्रममा चितुवाले बालकलाई आक्रमण गरी घाइते बनाएको थियो । उनको उपचारको क्रममा बन्दिपुर अस्पतालमा ज्यान गएको थियो ।

  • ४ श्रावण २०८१, शुक्रबार ०८:३९ प्रकाशित