पोखरामा पहिरोमा परि ज्यान गुमाएका पाँचजनाको सामूहिक दाह संस्कार

केन्द्रभाग मिडिया

पोखरा ।

अबिरल वर्षाका कारण बिहीबार राति पोखरा १९ तल्लाकोट टारीमा पहिरोले पु्रिएर ज्यान गुमाएका ७ जना मध्ये पाँच जनाको सामूहिक दाह संस्कार गरिएको छ ।

राति १० वजे घरमाथीबाट पहिरो आइ घर पुरिँदा पोखरा १९ तल्लाकोट टारी बस्ने ४६ वर्षीय कुलबहादुर परियार, उनका श्रीमती ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षीमा परियार, छोरी १५ वर्षीया प्रशना परियार, छिमेकी ५६ वर्षीया राधिका परियार र चितवन घर भइ बिहीबारमात्रै माइत आएकी छोरी २० वर्षीया प्रभा परियार र ज्वाइँ २० वर्षीय अस्मित परियारको ज्यान ज्यान गुमेको हो ।

पहिरोमा परि ज्यान गुमाएका उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएको थियो । पोष्टमार्टम पछि पोखरा १९ चिन्तेबगर घाटमा उनीहरुको परम्परा अनुसार दाहसंस्कार गरिएको हो ।

पहिरोमा परि ज्यान गुमाएका छोरी प्रभा परियार र ज्वाइँको शव भने चितवन लगिएको पारिवारिक श्रोतले जनाएको छ । दाह संस्कारमा सहभागी भएका पोखरा महानगरका मेयर धनराज आचार्यले दुघद घटना भएको भन्दै मृतक प्रति श्रद्धाञ्जली आर्पण गरेका छन् ।

यता पोखरा ३२ चैनपुरको बाह्रबिसेमा आरती ओझाको घर पहिरोले भत्किँदा उनीका १८ वर्षीया छोरी अनिता ओझा, ११ वर्षीया छोरी अनुष्का ओझा र दाईको छोरा ९ वर्षीय प्रतिक सुवेदीको ज्यान गुमेको थियो । यसैगरी मादी गाउँपालिका ११ तल्लो ताप्लेकी ८० वर्षीया माईती कुमारी गुरुङको घर भत्किँदा ज्यान गुमेको हो ।

 

  • २८ असार २०८१, शुक्रबार १८:५६ प्रकाशित